पहिलो पटक नेपालमा खेलकुद बीमासम्बन्धी नीति औपचारिक रुपमा कार्यान्वयनमा आएको छ ।
नेपाल बीमा प्राधिकरणले खेलकुद बीमालेख जारी गरेसँगै खेलकुद बीमा सम्बन्धि नीति कार्यान्वयनमा आएको छ ।
नेपालका राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले शुक्रबार आयोजित पत्रकार सम्मेलन खेलकुदमा नयाँ अध्याय सुरु भएको बताएका छन् । नेपाली खेलकुद क्षेत्रका लागि शुक्रबार एक नयाँ अध्याय सूरु भएको छ, भनेर घिसिङले जानकारी दिएका थिए ।
नेपालमा खेल संघहरुको संस्थागत विकास सुरु भएको करिब ७६ वर्ष भन्दा धेरै भएपनि खेलकुद बीमासम्बन्धी कुनै नीतिगत व्यवस्था हुन नसकेकोले बीमा सम्बन्धी नीति आवश्यक रहेको घिसिङले बताएका छन् ।
खेलकुद बीमा लेख नीति कार्यान्वयनमा आएपछि अब खेल्ने क्रममा हुने चोटपटक देखि ठूला दुर्घटना समेतको जोखिम न्यूनीकरणका सहयोग पुग्नेछ ।
खेलाडी तथा खेलकर्मीहरुको पूर्णरुपमा सुरक्षा गर्ने उदेश्यका साथ खेलकुद बीमालेख जारी भएको हो । बीमालेखले खेलाडीहरुमा आत्माविश्वासका साथ खेल्न सक्ने वातावरण बढाउने छ ।
अब बीमालेख जारी भए पछि सबै प्रकारका प्रतियोगिताहरुमा खेलाडी दुर्घटना बीमालाई अनिवार्य बनाइ खेलाडीहरुलाई आत्माविश्वासका साथ खेल्ने वातावरण बनाउनु पर्ने घिसिङले बताए । बीमालेखमा नेपालमा खेलिने खेलहरुलाई न्युन जोखिम, सामान्य जोखिम र जोखिमयुक्त गरी तीन भागमा वर्गीकरण गरिएको छ र त्यही अनुसारको व्यवस्था ऐनमा राखिएको छ ।
यस्तै बिमालेखले दुर्घटना भए तत्काल र १८३ दिनभित्र मृत्यु भएका क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने साथै पार्थिक शरिर व्यवस्थापन खर्च, काजकिरिया खर्च, स्थाई पूर्ण असक्तता सम्बन्धि व्यवस्था पनि गरेको छ ।
बीमालेखको विशेषता :
१) बीमालेखा द्वारा खेलहरुको वर्गीकरण
क) न्यून जोखिम : टेबलटेनिस, सफ्ट टेनिस,टेनिस, सुटिङ,गल्फ,बडीबिल्डिङ,स्क्वास
ख) सामान्य जोखिम : व्याडमिन्टन,क्रिकेट, हक्की, भलिबल, एथलेटिक्स, फेन्सिङ,जुडो,जिम्न्याष्टिक, ह्याण्डबल, बास्केटबल, पौडी, सेपाकताक्रो, भारोत्तोलोन, ट्रायथलन, कबड्डी,खोखो, रिङ रेस्लिङ, कराते, तेक्वान्दो, उसु, बक्सिङ, फुलकन्ट्याक्ट कराते, कुस्ती, साईक्लिङ
ग) जोखिमयुक्त : मोटर तथा मोटरसाईक्लिङ स्पोर्टस, राफ्टिङ एण्ड क्यानोई, क्वालाईविङ, पेन्टाथोलन, बन्जी जम्पिङ तथा क्यान्योनिङ, मुवाँथाई, माउण्टेन रनिङ, आईस हक्की एण्ड अल्पाईन स्पोर्टस वाटर स्पोर्टस, रग्बी, प्याराग्लाइडिङ, फुटबल
२) दुर्घटनाका कारण तत्तकाल वा १८३ दिन भित्र मृत्य’ भएमा क्षतिपूर्तिको व्यवस्था
३) पार्थिव शरिर व्यवस्थापन खर्च
४) काजकिरिया खर्च
५) स्थाई पूर्ण असक्तताक सम्वन्धि व्यवस्था
६) बीमालेखको अवधि
७) बीमा शुल्क दर