विश्वविख्यात रेस्लर हलक होगन ले आफ्नो जीवन प्रभुमा समर्पण गर्ने निर्णय गर्दै बप्तिष्मा लिएका छन्। सधै जसो रक्सीको लतमा रहेरहने उनले बिगत ६ महिना देखि मद्यपान गर्न पनि छोडेका छन्। पानीको बप्तिष्माको भिडीयो आफ्नो आधिकारिक इन्स्टग्राममा पोष्ट गर्दै उनले बाकी जीवन ख्रीष्टमा समर्पण गरेर बिताउने निर्णय लिएको घोषणा गरेका हुन्। उनले लेखेका छन्, “येशू ख्रीष्टलाई आफ्नो सम्पूर्ण जीवन सपर्पण गर्नु मेरो जीवनको सबै भन्दा महत्वपुर्ण दिन हो। अब कुनै चिन्ता, घृणा, न्याय रहने छैन तर केवल प्रेम मात्र रहने छ। ७० बर्षीय होगनले डिसेम्बर २० २०२३ मा अमेरिकाको फ्लोरिडा स्थित एक चर्चमा बप्तिष्मा लिएका हुन्।