आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष तीन नेताबीच छलफल भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच संक्रमणकालीन न्यायका विषयमा सहमति जुटाउन वार्ता भएको छ ।
बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश उखरको पनि सहभागिता रहेको थियो । अनुसन्धान तथा सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा विचाराधीन छ ।
सर्वोच्च राजनीतिक तहमा सहमति भएपछि संघीय संसदको आगामी बैठकमा विधेयक पारित गर्ने तयारी भइरहेको छ । सरकारले संघीय संसदको हिउँदे अधिवेशन बोलाउने तयारी गरेको छ ।