Merry Christmas

जीवन रायमाझी, सिडनी, अष्ट्रेलिया
चाडपर्व भन्ने वित्तिकै घर सजाउने, रंगरोगन गर्ने, झिलिमिली बत्ती बाल्ने, सहर बजार नै रंगीन हुने, यस्तै–यस्तै क्रियाकलापहरू हुने गर्छन् ।
नेपालको सन्दर्भमा हेर्ने हो दशैँ–तिहारमा फुलको सजावट, तिहारमा बत्तीको झिलिमिली, छठमा पनि बत्तीकै झिलिमिली हामी देख्न सक्छौ । जब ख्रीष्टमस आउँछ यस्ता सजावट, झिलिमिली हामी संसारैभरि देख्न सक्छौं । संसारैभरिका सहर–बजार ख्रीष्टमसले रंगीन बनाइदिएको हुन्छ ।

ख्रीष्टमसको सन्दर्भलाई जोड दिंदा ख्रीष्टमसको उत्सवमा यस्ता रंगीन सजावटहरू भन्दा पनि आशा, प्रेम र दिने भावनाको शाश्वत सन्देश गुन्जिरहेको हुन्छ । संसारभरका समुदायहरूले बाइबलीय कथाहरूबाट प्रेरणा लिइरहेका हुन्छन् जुन यो उत्सवको मुटु हो ।

सद्भावनाको भावनामा, परिवारहरू ख्रीष्टमसको साँचो अर्थमा चिन्तन गर्न एकसाथ भेला हुन्छन् । बाइबलको यशैया ९ः६ ले उल्लेख गरेको “हाम्रो लागि, एउटा बालकश्टॆ जन्मिएको छ, हामीलाई, एउटा छोरो दिइएको छ; र शासन उहाँको काँधमा हुनेछ, र उहाँको नाम अचम्मका सल्लाहकार, शक्तिशाली परमेश्वर, अनन्तका पिता, शान्तिका राजकुमार कहलाइनु हुनेछ।

बाइबलको पुस्तक उत्पत्तीमा जसरी परमेश्वरले सृष्टी गर्नु भएको मानिस आदम र तिनकी पत्नी हब्बाले परमेश्वरको आज्ञा उल्लङ्घन गरेको कारण मानिसको जीवनमा पापको प्रवेश भयो। पापले मानिसमा राज्य गर्यो। यसकारण मानिसको जीवनमा मृत्यु आयो। साथै उत्प्पत्ती ६:५-६ अनुसार दुष्टता बढी भयो।

यो परिस्थितिमा परमेश्वरले मानिस र परमेश्वर बिचको सम्बन्धलाई जोड्नको लागि ख्रीष्ट येशूलाई संसारमा पठाउने योजना गर्नु भयो। जसको बारेमा बाइबलमा ३०० भन्दा बढी पटक भबिश्यवाणी गरिएको छ। यशैया ७:१४; ९:६-७।

येशूको जन्मोत्सव सारा संसारभरी मनाइन्छ। संसारमा त्यस्तो कुनै देश छैन जहा येशूको जन्मको बारेमा थाहा नै छैन। यसकारण उहा संसारको ज्योति हुनु हुन्छ।

लूका २ः१०–११ – को प्रभु येशूको जन्मको बारेमा बताइएको छ– “र स्वर्गदूतले तिनीहरूलाई भने, ’नडराओ, किनकि हेर, म तिमीहरूलाई बडो आनन्दको सुसमाचार सुनाउँछु , जो सबै मानिसहरूका निम्ति हुनेछ । आज दाऊदको सहरमा तिमीहरूका निम्ति एक जना मुक्तिदाताको जन्म भएको छ, जो ख्रीष्ट प्रभु हुनुहुन्छ । ”

ख्रीष्टमाथि विश्वास गर्नेहरूले २ः१०–११ को शिक्षा अँगालेका छन्, जहाँ ज्ञानी मानिसहरू मागीहरू, तारा निर्देशित, नवजात राजालाई भेट्न उपहारहरू लिएर जान्छन् । यो परम्परा आजको विश्वमा कायमै छ । परिवारका सदस्यहरूले विभिन्न उपहारहरू आदान–प्रदान गर्छन् र परोपकारी गतिविधिहरूमा भाग लिन्छन्, ख्रीष्टमसको पूर्वसन्ध्या विभिन्न कार्यक्रम श्रद्धा र भावनाका साथ आयोजना भइरहेका हुन्छन् ।
संसार भौतिकवादतर्फ उन्मुख भैरहेको अहिलेको परिस्थितिमा यूहन्ना ३ः१६ “किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्नो एक मात्र पुत्र दिनुभयो, जसले उहाँमा विश्वास गर्छ। नाश हुने छैन तर त्यसले अनन्त जीवन पाउँछ “ ले निकै महत्व राख्दछ ।

यस विशेष समयलाई मनाउन विश्व एकजुट हुँदा, शान्ति र सद्भावनाको ख्रीष्टमसले समाजमा शान्ति, प्रेम, र आनन्दको बाँडिरहेको हुन्छ। रोमी १५ः१३– “आशाका परमेश्वरले तिमीहरूलाई विश्वासमा सबै आनन्द र शान्तिले भरिदिऊन्, ताकि पवित्र आत्माको शक्तिले तिमीहरू आशामा प्रशस्त हुन सक।“
यसपालीको ख्रीष्टमसमा तपाईहरूसम्म, प्रेम र आनन्दले भरिपूर्ण होस् । सबैलाई ख्रीष्टमसको शुभकामना ।