raxirang

यस पालीको क्रिसमसमा मकवानपुरको राक्सिराङ गाउँपालिकाले क्रिसमस मनाउन ३ दिन सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले विज्ञप्ति जारी गर्दै इसाई धर्मावलम्बीहरुको महान पर्व पर्व मनाउन ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गाउँपालिकाले आइतबारदेखि मंगलबार सार्वजनिक बिदा दिने निर्णय गर्दै सो अवधिमा गाउँपालिका भित्रका सबै सार्वजनिक कार्यालय, शैक्षिक संस्था, सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था बन्द रहने जानकारी दिएको छ ।

गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले विज्ञप्तिमार्फत आफ्नो गाउँमा क्रिश्चियन धर्मावलम्बीहरुको बाक्लो बस्ती रहेकाले ३ दिनको बिदा दिइएको बताए ।

साथै उहाँले हर्षोल्लासका साथ मनाइने महान पर्व क्रिसमसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।