ग्राहकको मागलाई लक्षित गर्दै बतास एमएडब्लु कमर्सियल भेहिकल प्रालिले हेटौंडामा पुनः बिक्री मेला आयोजना गरेको छ ।
आइतबार आयोजित एक कार्यक्रममा नेपाल ट्रक यातायात महासङ्घ तथा नारायणी यातायात व्यवसायी सङ्घका अध्यक्ष हिरालाल श्रेष्ठ, नेपाल निर्माण व्यवसायी सङ्घ मकवानपुरका अध्यक्ष बालगोपाल कँडेल, हेटौंडा उपमहानगरपालिकाका प्रतिनिधि विजय पुडासैनी तथा नारायणी यातायात व्यवसायी सङ्घका अध्यक्ष धिमाललगायत सहभागी थिए ।
कार्यक्रममा श्रेष्ठले आइशर ट्रकको विशेषता र ग्राहकले मन पराउनुको मुख्य कारण बताउदै यसको माइलेज विशेष रहेको र यसको पावर उत्कृष्ट रहेको बताए ।
यस्तो मेलाबाट मध्यमवर्गीय ग्राहक पनि सजिलै स्वरोजगार बन्न र आत्मनिर्भर बन्न सक्ने उनले बताए ।
उनले चालकलाई लक्षित गरी २५ लाख रुपैयाँको आकस्मिक बीमाले थप ऊर्जा दिने बताए ।
आफ्ना ग्राहकहरूलाई लक्षित गर्दै आइशरले सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडसँग नगदरहित बीमासम्बन्धी सम्झौता पनि गरेको छ ।
नगद योजना मार्फत दुर्घटना भएमा आइशर मोटर्सका सवारीका खरिदकर्ताले सिधै Batas MAW को आधिकारिक सेवा केन्द्रहरूमा गएर गाडी मर्मत वा बीमा रकम दाबी गर्न सक्नेछन्।
नगदरहित बीमा अन्तर्गत ग्राहकको सवारी दुर्घटना भएमा सिधै आइशरको आधिकारिक कार्यशालामा गएर मर्मत गर्न सकिने भए पनि ग्राहकले बीमा रकमबाहेक अन्य रकम मात्रै तिर्नु पर्ने हुन्छ ।