पुस ११ गते, बुधबार, तीन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ हाथवे इन्भेष्टमेन्ट, तारागाउँ रिजेन्सी होटल र फर्स्ट माइक्रोफाइनान्सले भोली अर्थात पुस १२ गते बुकक्लोज गर्दैछन्।
कम्पनीले पुस २४ गते आफ्नो २७ औं वार्षिक साधारणसभा पनि बोलाएको छ । बैठक नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डपमा बिहान १० बजे बस्नेछ ।
सञ्चालक समितिको बैठकले चुक्ता पुँजीबाट कुल १५ प्रतिशत लाभांश (कर सहित) ११ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो । कम्पनीको चुक्ता पुँजी रू. १,८८,६६,५४,००० रहेको छ ।
पुस १२ गतेदेखि बुक क्लोज हुने मिति रहेको छ । तसर्थ सो दिन अगाडि कायम भएका शेयरधनीहरुले यस वार्षिक साधारण सभामा भाग लिन सक्नेछन् ।
त्यस्तै ह्याथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड (HATHY) ले प्रस्ताव गरेको १०.५२६% लाभांश प्राप्त गर्ने आज अन्तिम दिन हो ।
कम्पनीले पुस २६, २०८० मा आफ्नो १५औँ वार्षिक साधारणसभा बोलाएको छ । सभा त्यही दिन बिहान १० बजेदेखि काठमाडौंको लैनचौर बैंक्वेटमा हुनेछ ।
पुस २ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० का लागि १०.५२६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । १० प्रतिशत बोनस शेयर र ०.५२६ प्रतिशत नगद लाभांश प्रस्ताव गरिएको छ । कम्पनीको हालको चुक्ता पुँजी रू. १.१७ अर्बा।
पुस १२ गते बुक क्लोज हुने मिति रहेको छ । तसर्थ सो मिति भन्दा अगाडि कायम भएका लगानीकर्ताले लाभांश पाउने र साधारणसभामा पनि भाग लिन सक्नेछन् ।
त्यस्तै, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड (FMDBL) ले प्रस्ताव गरेको लाभांश प्राप्त गर्ने आज अन्तिम दिन हो ।
कम्पनीले पुस २८ गते आफ्नो १४औँ वार्षिक साधारणसभा बोलाएको छ । सभा सो दिन बिहान १० बजेदेखि आम्रपाली बैंक्वेट, भाटभटेनी, काठमाडौंमा बस्नेछ ।
मंसिर १३ गते बसेको सञ्चालक समितिको २११औँ बैठकले चुक्ता पुँजीमा १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । १.१४ अर्बा। ७.५% बोनस सेयर र ७.५% नगद लाभांश (कर प्रयोजन) रु. प्रत्येक 8.60 करोड प्रस्ताव गरिएको छ।
पुस १२ गते बुक क्लोज हुने मिति रहेको छ । तसर्थ सो दिन अगाडि कायम भएका शेयरधनीहरुले यस वार्षिक साधारण सभामा भाग लिन सक्नेछन् ।