११ पुस, काठमाडौं । आज समाजवादी मोर्चाको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा मोर्चामा आबद्ध दलका सबै शीर्ष नेताहरुको उपस्थिति रहेको छ ।
आजको यस, बैठकमा सरकारको एक वर्षको समीक्षाका आगामी राष्ट्रिय सभा निर्वाचन र मोर्चाको गतिविधिका विषयमा छलफल भइरहेको एक नेताले जानकारी दिए ।
२०८० असार ४ गते नेकपा माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपाका शीर्ष नेताहरुले समाजवादी मोर्चा गठन गरेका थिए । मोर्चाको पहिलो बैठक असार २३ गते बसेको थियो ।
मोर्चा गठनको औचित्यबारे जानकारी दिन सातवटै प्रदेशमा बैठक बसे पनि त्यसयता मोर्चा निष्क्रिय रहेको छ ।