Teknath-Rijal

१२ पुस, काठमाडौं । भूटानी नक्काली शरणार्थी प्रकरणमा मुछिएका नेता टेकनाथ रिजाल थुनामुक्त भएका छन्।

पाटन उच्च अदालतले उनलाई १५ मंसिरमा १५ लाख रुपैयाँको धरौटीमा छाड्न आदेश गरेको थियो। तर, धरौटी वापत बुझाउने रकम नभएको बताएर उनी डिल्लीबजारस्थित केन्द्रीय कारागारमा बसेका थिए|

हालै, उनका परिवारले धरौटी रकम बुझाएपछि बुधबार, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा हजिरी दिएर छाडिएको भनेर कारागारका एक अधिकारीले जनाएका छन्। रिजालले आफूले यो मामलालाई बाहिर ल्याउन भूमिका खेल्नेमध्येका पनि सहमती जनाएका छन्।

तर धरौटी रकम बुझाउन नसक्दा सुन्धारा कारागारमा रहेका उनी धरौटी बुझाएपछि बुधबार रिहा भएको उनका सहयोगी विश्वनाथ क्षेत्रीले जानकारी दिए। धरौटी रकम बुझाउन नसक्दा उनी आदेश आएपछि पनि झण्डै एक महिना कारागारमा रहनुपर्‍यो।

काठमाडौं जिल्ला अदालतमा आइतबार बेलुकी धरौटी रकम बुझाएपनि सार्वजनिक बिदा भएका कारण रिजाललाई बुधबार मात्रै रिहा गरिएको हो।

अदालतमा मुद्दा अझै विचाराधीन रहेकाले यो प्रकरण टुंगोमा पुगेपछि यसबारे सार्वजनिक रूपमा बताउने रिजाल सुनाउँछन्|