काठमाडौँ। ‘ग्लोबल गोस्पल डे बाइडे’को एक दिने सम्मेलन आज सम्पन्न भएको छ ।
सो सम्मेलन कार्यक्रममा मानने शान्ति परियार विकको प्रमुख अतिथित्यमा सम्पन्न भएको हो। प्रमुख अथिति माननीय विकले आफू ख्रीष्टियन भएपछि भोग्नु परेको तीतामीठा अनुभव बाँड्नु भएको थियो। भने पत्रकार तथा सो संस्थाको उपाध्यक्ष सिके गदालले स्वागत मन्तव्य राख्नुभएको थियो ।
पास्टर कृष्णबहादुर परियारले वचनको सेवकाइ गर्नु भएको उक्त कार्यक्रममा आमन्त्रित विभिन्न पाहुनाहरूले मन्तव्य राख्नु भएको थियो भने संस्थाका संस्थापक अध्यक्ष भीमसेन प्यासीले संस्थाको इतिहास र उद्देश्यको बारेमा प्रकाश पार्नुभएको थियो।
साथै संस्थाको नयाँ कार्यसमितिसमेत चयन गरिएको थियो ।
कार्यसममितिमा अध्यक्षः भिमसेन प्यासी, उपाध्यक्षमा रामजी खाती, कोषध्यक्षमा कृष्ण दमाई, महासचिवमा निरजकुमार सुनार तथा यस्तै सदस्यमा क्रमश: शिवशरण गिरी, गुमानसिं कोइराला, सीता बस्याल, यशोदा पुर्कुटी, तुलसा महत चयन हुनुभएको छ भने सल्लाहकार समितिमा संयोजक चन्द्रकुमार गदाल, पा. कृष्णबहादुर परियार, पा. यर्मिया दाहाल, पा. गोविन्द छिनाल, श्रीमाया परियार र विष्णु दमाई रहुनु भएको छ।