स्थापना दिवसको खुशीयालीमा लुम्बिनी सरकारले विभिन्न कार्यक्रमका साथ मनाउँदै छ । यसै अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ ।
आज लुम्बिनी प्रदेशसभाको छैटौँ वर्ष हो । माघ २१ गते प्रदेश सभाको पहिलो बैठक बसेको दिन रहेकाले लुम्बिनी सरकारले प्रदेश स्थापना दिवस मनाउने निणर्य गरेको हो ।
विभिन्न औपचारिक कार्यक्रमहरु साथसाथै सोहि प्रदेशमा रहेर विभिन्न क्षत्रमा रहेर योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान गर्ने कार्यक्रम छ ।
यसै अवसरमा मुख्यमन्त्री चौधरीले यस्ता दिवसले संघीयताको भावना, मर्म र उदेश्यलाई परिपूर्ति गर्ने र प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे ।