तस्बिर साभार: प्रतिदिन राष्ट्रिय दैनिक
तस्बिर साभार: प्रतिदिन राष्ट्रिय दैनिक

बिर्तामोड (झापा) । मुलुककै ठूलो मण्डली भवन झापा जिल्लाको बिर्तामोडमा निर्माण गरिएको
छ । बिर्तामोड नगरपालिका वडा नम्बर ४ मा सो भवन निर्माण गरिएको हो।

साढे नौ कठ्ठा क्षेत्रफलमा फैलिएको र करिब एक हजार अट्ने क्षमता रहेको ‘सन्त पावल विलिभर्स ईष्टर्न चर्च’ भवन भौतिक संरचना र क्षेत्रफलको हिसाबले मुलुककै ठूलो भवन रहेको डिकन फादर समर वाग्लेले बताउनुभयो।

चमेना गृह र आकर्षक पार्कसमेत निर्माण गरिएको सो भवन अवलोकन गर्न आउनेहरुले सेल्फी तथा फोटो, भिडियो खिच्न रुचाउने गरेको चर्चका सेवक वीरु दर्नालले बताउनुभयो ।बाँसको टाटी र छानोमा २०५१ सालमा २ जनाबाट सुरु गरिएको सेवा आज यो सेवा भवन निर्माण गर्दासम्म ७ सयबढीको संख्यामा पुगेको छ । यो चर्च तत्कालीन पास्टर हाल विशप डीबी तामाङले सुरु गर्नुभको थियो।

भवनको धार्मिक विधि अनुसार गत शुक्रवार अर्पण गरियो। दिल्ली आर्क डायोसिसका आर्क विशप हिज ग्रेस जोन आईरेनियस एपिस्कोपाले धार्मिक विधि अनुसार शुक्रबार सेवा भवनको अर्पण गर्नुभयो ।

भवन अर्पण सेवामा छिमेकी मुलुक भारतका सिक्किम, दार्जीलिंग, सिलिगुडीलगायत नेपालका विभिन्न जिल्लाबाट आमन्त्रित पाहुनाहरूको साथै स्थानीय राजनीतिक दल, समाजसेवी , संचारकर्मी तथा स्थानीय छरछिमेकी समेत उपस्थिति रहेको थियो।