काठमाडौं । यमनको प्रधानमन्त्री माइन अब्दुलमालिक सइदलाई बर्खास्त गरिएको छ।
अन्तर्राष्ट्रिय मान्यता प्राप्त राष्ट्रपति परिषदले सोमबार प्रधानमन्त्री सइदलाई बर्खास्त गरेको छ। उनी सन् २०१८ देखि यमनका प्रधानमन्त्री थिए।
यमनमा अमेरिकी नेतृत्वको सैन्य गठबन्धनले इरान समर्थित हुथी विद्रोहीलाई निशाना बनाइरहेको बेला आएको यस्तो निर्णयले अन्तराष्ट्रिय जगतलाई तरंगित बनाएको छ।
माइनलाई बर्खास्त गरेपछि राष्ट्रपतीय परिषद्ले विदेशमन्त्री अहमद अवाद बिन मुबारकलाई मुलुकको नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेको छ ।
राष्ट्रपतीय परिषद्ले यो हेरफेरको कारण खुलाएको छैन। यमन सन् २०१४ देखि गृहयुद्धमा फसेको छ जतिबेला इरान समर्थित हुथी विद्रोहीले राजधानी साना र उत्तरको अधिकांश भाग कब्जा गरेका थिए ।