चितवन। चितवन प्रहरीले विभिन्न समयमा विभिन्न व्यक्तिबाट हराएका ४५ थान मोबाइल अनुसन्धानपश्चात् नियन्त्रणमा लिई सम्बन्धित व्यक्तिहरूलाई बुझाएको छ ।

प्रहरीले पीडितहरूले दिएको निवेदनका आधारमा हराएका मोबाइल खोजी गरी फिर्ता चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सोमबार प्रहरीले ४५ थान आइफोन, सामसुङ, रेडमी, ओपो, भिभो, पोको लगायत विभिन्न कम्पनीका मोबाइलहरु सम्बन्धित व्यक्तिलाई कार्यालयमै बोलाएर बुझाएको थियो ।

पछिल्लो दुई महिनामा हराएका ९५ थान मोबाइल प्रहरी कार्यालय चितवनले सम्बन्धित धनीलाई बुझाएको छ ।