दाङ्ग। राजनीतिक दल कृषिमा लागेको खबर सुन्दा हामीलाई अचम्म लाग्न सक्छ अझ विद्रोही समूह नेत्र विक्रम चन्दको पार्टी भन्ने बित्तिकै झनै विश्वास गर्न गाह्रै पर्न सक्छ। तर यो कुरा सत्य हो।
नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दाङले घोराही उपमहानगरपालिका-१६ स्थित गरुवागाउँमा साढे तीन बिगाह क्षेत्रफलको जग्गामा व्यवसायिक रुपमा गरेको आलु खेती सुरु गरेको छ।
पार्टीले गत वर्षदेखि गरुवागाउँमा रहेको जयशेर माध्यामिक विद्यालय रावतगाउँको छ बिगाह क्षेत्रफलको जग्गा १० वर्षका लागि भाडामा लिएर सामूहिक रुपमा कृषि उपज उत्पादन गर्दै आइरहेको हो।
प्रति बिगाह वार्षिक २३ हजारका दरले दश वर्षको लागि भाडामा लिएको जग्गामा आलु खेती गरेको छ ।