श्रीलङ्का र इजरायल बीच सीधा हवाई सेवा सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ ।श्रीलङ्काका बन्दरगाह, जहाज र उड्डयन मन्त्री निमल सिरिपाला डे सिल्भाले बिहीबार इजरायल र श्रीलङ्काबीच प्रत्यक्ष हवाई सेवा सम्झौतामा हस्ताक्षर भएको घोषणा गर्नुभएको छ। राष्ट्रपतिको मिडिया सेन्टरमा पत्रकार सम्मेलनमा बोल्दै मन्त्रीले सो सम्झौताले इजरायल र श्रीलङ्काबीचको सिधा उडानको शुरुवात भएको र यात्रुको सुविधामा बृद्धि हुने बताउनु भएको छ।
सम्झौताबाट इजरायल जाने श्रीलङ्काका कामदारहरूलाई सहयोग पुग्ने र इजरायलीहरूलाई श्रीलङ्का भ्रमण गर्न प्रोत्साहित गर्ने मन्त्रीले बताउनु भयो । देशको प्रमुख अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुको चाप बढेपछि नयाँ टर्मिनल भवन खोल्ने योजना रहेको उहाँले जानकारी दिनु भएको छ ।
नयाँ टर्मिनल भवनको निर्माण दुई साताभित्र शुरु हुने र नौ महिनाभित्र विमानस्थलको भीड कम हुने मन्त्रीले जनाकरी दिनु भएको छ । उहाँले श्रीलङ्काको बन्दरगाहमा ढुवानी कन्टेनरको मात्रा ३२ प्रतिशतले वृद्धि भएको पनि बताउनु भएको छ ।