काठमाण्डौं । नेपाल बहुधार्मिक, बहुभाषिक, बहुसाँस्कृतिक मुलुक हो । यहाँको विविधता विश्वमै उदाहरणीय छ । तर यी दिनहरुमा धार्मिक सद्भाव खल्बलिने खालका घटनाहरु घट्न थालेका छन् ।

विशेष गरी अल्पसंख्यक ख्रीष्टियन समुदायमाथि जबर्जस्ती धर्म परिवर्तन गराउन खोजेको, जबर्जस्ती धर्म प्रचार गरेको आरोपमा ख्रीष्टियनहरुलाई कालो मोसो दल्ने, बाइबल जलाउने, चर्च भवन भत्काउने, संगति गर्न नदिनेजस्ता निन्दनीय घटनाहरु बढ्न थालेका छन् ।
यसै क्रममा गत फागुन २९ गते बारा जिल्लाको कोल्हवी नगरपालिका वडा नं. ५ रामवन गाउँमा ख्रीष्टियन धर्म प्रचार गरेको आरोपमा ४ जना नेपालीसहित ७ जना अष्टे«लियन नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको घटनाले सामाजिक संजाल तातेको छ ।
पक्राउ पर्नेहरुमा नेपाली नागरिक लमजुड न.पा. वडा नं. ५, बेशीसहरका ३२ वर्षिय आदेश गुरुड, संखुवासभा धर्मदेवी न.पा. वडा नं. ६ का २१ वर्षिय शिवन राई, बारा कोल्हवी न.पा. वडा नं. ५ रामवनका २९ वर्षिय बिजेन्द्र मुखिया छन् ।
त्यसैगरी, अष्ट्रेलियन नागरिक Symon Jamie Rodney- 32, Rees Reuben Aaron-35, Foord Thomas Lachlan-41, Phillips Hannah Joy-23(female), Cannon Blake William Nagi-27, Geeves Sophie Kayla-24 (Female), Tamehana Seth Te Utu-34 रहेका छन् ।
स्रोतका अनुसार एक ख्रीष्टियन मित्रको घरमा भेटघाटको लागि गएका ती व्यक्तिहरु भेटघाटपश्चात खानपीन गरी गफ गरिरहेको अवस्थामा धार्मिक द्वन्द निम्त्याउन खोज्ने केही अतिवादी अराजक समूहले जबर्जस्ती धर्म प्रचार गरेको भूmटो आरोपमा प्रहरीलाई खबर गरी पक्राउ गरेको हो ।

राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले यस्तो निन्दनीय कार्यको घोर भत्सर्ना गर्दै पक्राउ परेकाहरुलाई बिनासर्त रिहा गरी भूmटो आरोप लगाने अतिवादी समूहलाई कानुनी कारबाहीको माग गर्दै विज्ञप्ति जारी गरेको छ ।
राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले जारी गरेको विज्ञप्तिको पूर्ण पाठ: