साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उपाधि भिडन्तमा बङ्गलादेशले नेपालसँग जित हासिल गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको फाइनलमा नेपालमाथि बंगलादेशले २-१ गोलको जित निकालेको हो।
नेपालका लागि अमिषा कार्कीले ५६ मिनेटमा बराबरी गोल गरिन्। उनले प्रिति राईले सेन्टर एरियाबाट दिएको पासमा उत्कृष्ट गोल गरेकी थिइन्।
५२ मिनेटमा बंगलादेशले अग्रता लिएको थियो। नेपाली डिफेन्डरले क्लियर गर्न नसकेको बलमा बंगलादेशकी मोनिका चक्माले डिबक्स भित्रबाट गोल गरेकी थिइन्।