काठमाडौँ – साइबर अपराधको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई आज (बुधबार) म्याद थपका लागि अदालत उपस्थित गराइने भएको छ । हिजो भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ परेका प्रसाईंलाई आज काठमाडौं जिल्ला अदालतमा पेश गर्ने तयारी भएको साइबर ब्युरो स्रोतले जनाएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले हिजोे नै थप अनुसन्धानका लागि साइबर ब्युरोलाई बुझाएको थियो।

अस्ती (सोमबार) प्रसाईँले कम्बोडियाको टेलिकम कम्पनीमा प्रधानमन्त्री केपी शर्मा ओलीले साढे ३२ अर्ब लगानी गरेको प्रमाण भन्दै नक्कली र कीर्ते गरिएका कागज सार्वजनिक गरेका थिए । प्रधानमन्त्री ओलीमाथि सघन आरोप लगाएपछि पक्राउ परेका प्रसाईँमाथि कीर्तेसहित साईबर अपराध लगायत अन्य विविध कसुरमा पनि अनुसन्धान हुने सीआईबीका एसपी तथा प्रवक्ता होबिद्र बोगटीले जानकारी दिए ।  उनीमाथि साइबर क्राइम, कीर्ते र मानहानीलगायतको मुद्दा चलाउने सीआईबीको तयारी छ।

अस्ती (सोमबार) प्रसाईँले कम्बोडियाको टेलिकम कम्पनीमा प्रधानमन्त्री केपी शर्मा ओलीले साढे ३२ अर्ब लगानी गरेको प्रमाण भन्दै नक्कली र कीर्ते गरिएका कागज सार्वजनिक गरेका थिए ।