बुटवल– नयाँ गाउँस्थित सिटी क्याम्पसमा आगलागी भएको छ। विद्युत सर्ट भएको कारण आगलागी भएको इलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।
आगलागीबाट क्याम्पसको कम्प्युटर ल्याबमा रहेको ३० थान कम्प्युटर क्षति भएको कलेज प्रशासनको दाबी छ। अन्य कोठाहरू भने क्षति नभएको र अवस्था सामान्य रहेको कलेज प्रशासकले बताए ।