नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट पर्सा जिल्ला क्षेत्र नम्बर २ का उम्मेदवार मनोज चौधरीसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले नियमित सुरक्षा जाँचका क्रममा बडनिहार क्षेत्रमा चौधरी सवार गाडी रोकी जाँच गर्दा उनीसहित अन्य तीन जनालाई पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार उक्त गाडीबाट शंकास्पद वस्तु फेला परेपछि अनुसन्धानका लागि सबैलाई नियन्त्रणमा लिइएको हो। घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको र थप विवरण पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने प्रहरी स्रोतले जनाएको छ।












