काठमाडौँ: प्रतिनिधिसभाले आर्थिक विधेयक, २०८१ पारित गरेको । सभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेका ‘आर्थिक विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको हो ।
उक्त विधेयक माथिको छलफलमा सांसदहरु प्रेम सुवाल, डा. प्रशाकशरण महत, दीलेन्द्रप्रसाद बडू र किरणकुमार साहले भाग लिएका थिए। छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुनले करका कानुनलाई वैज्ञानिक एवं लगानीमैत्री र पारदर्शी बनाउन आर्थिक विधेयकमा सामान्य हेरफेरको प्रस्ताव गरिएको बताए।
त्यसअघि उक्त विधेयकमाथि सांसद सुवाल र महतले राखेका संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो ।