राष्ट्रिय परिचयपत्र विवरण दर्ता विशेष शिविर सञ्चालन
वाग्मती: मकवानपुर जिल्ला प्रशासन कार्यालयले आजदेखि राष्ट्रिय परिचयपत्र विवरण दर्ता विशेष शिविर सञ्चालन गरेको छ । शिविरको प्रारम्भ राक्सिराङ गाउँपालिकाबाट भएको छ । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको र जिल्ला...
पहिरोमा पुरिएर एकको मृत्यु, दुईजना घाइते
खाँदबारी (सङ्खुवासभा) ३० जेठः सङ्खुवासभाको चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छभने अन्य दुईजना घाइते भएका छन् ।
मङ्गलबार रातिको अविरल वर्षापछि खसेको पहिरोमा परी अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर...
वर्षाले खाँदबारी–नुम सडकमा क्षति
खाँदबारी (सङ्खुवासभा): कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–नुम खण्डको ठूलोढुङ्गा अरुणथान चार किलोमिटर क्षेत्रमा वर्षाले क्षति भएको छ । यो खण्डमा कालोपत्रका लागि गरिएको ‘सवबेस’, ग्याविन पर्खाल र नाली बगाएको उत्तरदक्षिण कोशी सडक आयोजनाका प्रमुख सविन...
काठमाडौँ उपत्यकामा मनसुन भित्रन केही दिन लाग्ने
काठमाडौँ: काठमाडौँ उपत्यकामा मनसुन भित्रन केही दिन लाग्ने भएको छ । हाल देशको पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी क्षेत्रमा स्थानीय र पश्चिमी वायु तथा विहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक...
म्याग्दीका ग्रामीण सडक धमाधम कालोपत्र हुँदै
म्याग्दी: जिल्लाका ग्रामीण सडक धमाधम कालोपत्र भइरहेका छन् । यसैक्रममा मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौर पनि कालोपत्र सडकले जोडिएको छ । बाबियाचौरमा सडक पुगेको २० वर्षपछि कालोपत्र भएको हो । बेनी बजारबाट १२ दशमलव पाँच...
‘सामाजिक न्याय प्रवर्द्धन गर्न नेपाल प्रतिबद्ध छ’
काठमाडौँ: श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले श्रमसम्बन्धी समस्या समाधान गर्न तथा सामाजिक न्याय प्रवर्द्धनमा नेपाल प्रतिबद्ध रहेको बताउनुभएको छ । मङ्गलबार जेनेभामा आयोजित ११२औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई सम्बोधन गर्दै उहाँले श्रमिकलाई मर्यादित...
निःशुल्क उपचार पाए पनि विकलाल परिवारका दुःख हटेनन्
चितवन: ज्याला मजदुरी गरेर परिवारको जीविका धानिरहेका मकवानपुरको बकैयाका विकलाल थिङले निःशुल्क उपचार पाए पनि परिवारका दुःख भने हटेका छैनन् । गत चैतमा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते बकैया गाउँपालिका–४ का २५ वर्षीय थिङको...
निजी क्षेत्रसँगको सहकार्यले नै विकासमा प्रतिफल आउँछ : मुख्यमन्त्री कँडेल
काँक्रेविहार (सुर्खेत): कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले निजी क्षेत्रसँगको सहकार्यले नै विकासको प्रतिफल आउने बताउनुभयो । सुर्खेतस्थित बुलबुले तालमा आज मोटरबोटको औपचारिक उद्घाटन गर्दै उहाँले कर्णालीमा रहेका सम्भावनालाई साकार पार्न सबै मिलेर अगाडि बढ्नुको...
‘फोटोग्राफी’बाट मनग्ये कमाउँछन् कैलालीका युवा
भजनी (कैलाली): जिल्लाको घोडाघोडी नगरपालिका–१ का रोशन नेपाली अहिले कक्षा १० मा अध्ययनरत हुनुहुन्छ । अध्ययनसँगसँगै बिदाका दिन उहाँलाई भ्याइनभ्याई हुन्छ । घर नजिकै रहेको पर्यटकीय क्षेत्र घोडाघोडी तालमा छुट्टीका दिन क्यामेरा लिएर उहाँ...
निर्माण रोकिएको शीतभण्डार पुन: सुरु गर्न किसानको आग्रह
टीकापुर (कैलाली): जिल्लाको टीकापुरमा निर्माणाधीन शीतभण्डारको काम रोकिएकाले पुनःसञ्चालन गर्न प्रयास थालिएको छ । शीतभण्डार निर्माण पुनः अगाडि बढाउन रानी जमरा कुलरिया सिँचाइ आयोजनाले शीतभण्डारको लागत अनुमान परिवर्तन गर्न थालेको छ । दाताले शीतभण्डारको...

















