विकास सहायता वृद्धिको प्रयास गर्ने बेलायती सांसद्को प्रतिबद्धता
काठमाडौँ: संयुक्त अधिराज्यको माथिल्लो सदन ‘हाउस अफ लर्डस्’ का सदस्य स्टीवार्ट उडले नेपालको सामाजिक रूपान्तरणका लागि बेलायती विकास सहयोग बढाउन प्रयास गर्ने बताउनुभएको छ ।
‘भिएसओ’ नेपालको निमन्त्रणामा विशिष्ट स्वयंसेवकका रुपमा आठ दिनका लागि...
हावाहुरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान प्रभावित
काठमाडौं। प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ। अपरान्ह एक्कासि आएको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र दुवै उडान प्रभावित भएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए।
उनका अनुसार आन्तरिक उडानका...
‘कर्णालीको विकासका लागि सबै जुट्नुपर्छ’
कर्णाली: कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीको विकास र समृद्धिका लागि सबै जुट्नुपर्ने बताउनुभएको छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आज बसेको तेस्रो अधिवेशनको सातौँ बैठकमा उहाँले प्रभावकारी संयोजनद्वारा मात्र जनताका आशा पुरा...
‘महिला हरेक क्षेत्रमा सशक्त छन्’
नारायणगढ (चितवन): नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सचिव तथा पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले महिला हरेक कुरामा सवल तथा सशक्त हुने बताउनुभएको छ ।
आज चितवनको भरतपुरमा भएको एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन...
मङ्गले राहुघाट जलविद्युत् आयोजनाको सुरुङ पूरा
म्याग्दी: म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ३७.५ मेगावाट क्षमताको मङ्गले राहुघाट जलविद्युत् आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’ भएको छ ।
तुँदी पावर कम्पनी प्रवर्द्धक रहेको आयोजनाको बाँध बनेको रघुगङ्गा गाउँपालिका–८ बन्दीको अडिट १ र खरिबोटस्थित अडिट...
त्रिपालमुनि रात कटाउँदै आगलागी पीडित
कटारी (उदयपुर): उदयपुरको कटारी नगरपालिका-१०, थुम्की गाउँका दुईघर आगलागी पीडित परिवार तीन दिनदेखि त्रिपालमुनि रात कटाउँदै आएका छन् । सोमबार दिउँसो आगलागीबाट घरगोठ जलेर नष्ट भएपछि ७४ वर्षीय गुमानसिंह थापा मगर र ७२ वर्षीय...
आगलागीबाट दमकमा दुई करोडको क्षति
दमक (झापा): दमकस्थित लाइफलाइन अस्पताल नजिक मङ्गलबार राति आगलागी हुँदा दुई करोडभन्दा बढीको क्षति भएको छ । अस्पताल नजिक रहेको प्रेमबहादुर धिमालको घरबाट सल्केको आगो अन्य तीन घरमा फैलिँदा उक्त क्षति भएको हो ।...
टीकापुरमा विपद् व्यवस्थापन पूर्वतयारीको अनुगमन
टीकापुर (कैलाली): सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्राविधिक टोलीले टीकापुर नगरपालिकाले विपद् व्यवस्थापनका निम्ति गरेका पूर्वतयारीको अनुगमन गरेको छ ।
उक्त मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरण, जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय...
नदीजन्य पदार्थको उत्खननबारे अध्ययन गर्न कार्यदल गठन
काभ्रेपलाञ्चोक: काभ्रेपलाञ्चोकमा सञ्चालित नदीजन्य सामग्री उत्खनन तथा ढुवानीबारे अध्ययन गर्न जिल्लास्तरीय कार्यदल गठन भएको छ । कार्यदलले जिल्लास्थित नदीजन्य र खानीजन्य उद्योगमा उत्खननदेखि बिक्रीसम्मका गतिविधिको सूक्ष्म अध्ययन गर्नेछ । जिल्ला समन्वय अधिकारीको संयोजकत्वमा गठन...
काठमाडौँ उपत्यकाको आकाशबाट तुवाँलो नहट्ने
काठमाडौँ: हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभावले पहाडी भूभागमा आंशिक बदली भई बाँकी भागमा मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही...
















