भूमिसम्बन्धी समस्या दुई वर्षभित्र समाधान हुन्छ :मन्त्री अधिकारी
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)-भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिसम्बन्धी समस्या दुई वर्षभित्र समाधान हुने बताउनुभएको छ । उहाँले भन्नुभयो “लामो समयदेखि अल्झिएको भूमिहीन सुकुम्बासी समस्यालाई संयुक्त सरकारले दुई वर्षभित्र समाधान गर्ने...
किसानलाई प्रतिस्पर्धी बनाउन ‘गुरु किसान’ छनोट गर्दै रोङ गाउँपालिका
इलाम: जिल्लाको रोङ गाउँपालिका–१ बडारे टोलका किसान मनबहादुर राईले यस वर्ष १२ रोपनी क्षेत्रफलमा १५ मन अलैँची उत्पादन गर्नुभयो ।
“मल, जल र सिँचाइ समयमा पुग्यो भने कम क्षेत्रफलमा पनि धेरै उत्पादन लिन सकिँदो...
बनेपाको खानेपानी समस्या समाधान गर्न प्रतिबद्ध छुः मन्त्री राई
धुलिखेल (काभ्रेपलाञ्चोक): खानेपानी मन्त्री राजेन्द्रकुमार राईले बनेपा नगरभित्र रहेको खानेपानी समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको बताउनुभएको छ । बनेपा नगरपालिकाले आज यहाँ आयोजना गरेको ‘४३औँ स्थापना दिवस समारोह’मा उहाँले लामो समयदेखि मुलुकमा खानेपानीको...
तनहुँ र चितवनलाई जोड्ने ठिमुरामा पक्की पुल निर्माण
दमौली (तनहुँ): तनहुँको देवघाट गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने त्रिशूली नदीमा रु २१ करोड ६८ लाख ४८ हजारको लागतमा पक्की पुल निर्माण भएको छ ।
तनहुँको देवघाट गाउँपालिका–५ घिनाटार र भरतपुर महानगरपालिका–१...
झापाका किसानको चैते धानखेतीतर्फ आकर्षण बढ्दो
भद्रपुर (झापा): धानको मूल्यमा वृद्धि भएसँगै चैते धानखेतस्तर्फ झापाका किसान आकर्षित भएका छन् । विगतको तुलनामा यो वर्ष धानको मूल्यमा प्रतिक्विन्टल रु एक हजारले वृद्धि भएपछि किसानको आकर्षण बढेको हो । जिल्लामा विगतमा रु...
प्रधानमन्त्री दाहालको निर्देशनपछि भुम्लुवासी लालपुर्जा पाउने आशमा
काभ्रेपलाञ्चोक : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४९ वर्षदेखि लालपुर्जाविहीन अवस्थामा रहँदै आएका काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकास्थित दुई वडामा लालपुर्जा दिन निर्देशन दिएपछि यहाँका नागरिक आशावादी देखिएका छन् ।
विविध कारण उक्त गाउँपालिकाको वडा नं ७...
सिँचाइको व्यवस्थासंगै भरतपुरका जमिन चैते धानले हराभरा
चितवन: केही वर्षअघिसम्म पश्चिम चितवनका जमिन आकासे खेतीमा निर्भर थिए । कतिपय क्षेत्रमा सिँचाइ नहुँदा ती स्थान बाँझै हुन्थे जुन ‘लाखु टाँडी’ भनेर चिनिन्थे ।
भरतपुर–२५ का छविलाल न्यौपाने उहिलेको लाखु टाँडीमा अहिले चैते...
कालीगण्डकी कोरिडोरः १५ महिनापछि बेनी–मालढुङ्गाखण्ड निर्माणमा प्रगति
म्याग्दी: म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक कालोपत्रका लागि सञ्चालित योजनाको कामले १५ महिनापछि गति लिएको छ ।
गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको, कालीगण्डकी कोरिडोर सडक आयोजनाअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गाबाट जलजला...
कर्णालीका पाँच जिल्लामा पोषणयुक्त चामल बिक्री सुरु
काँक्रेविहार (सुर्खेत): खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कुपोषणको समस्या भोगिरहेका कर्णालीका डोल्पा, कालीकोट, हुम्ला, मुगु र जुम्लामा ७३ हजार क्विन्टल पोषणयुक्त चामल बिक्री थालेको छ ।
हालसम्म हुम्लामा एक हजार नौ सय २० क्विन्टल,...
जाजरकोट भूकम्पमा भत्किएका सात सय विद्यालय भवन पुनःनिर्माण गर्न बजेट सुनिश्चित
काठमाडौँ : अर्थ मन्त्रालयले जाजरकोट भूकम्पका कारण भत्किएका विद्यालय भवन पुनःनिर्माणका लागि आवश्यक रकम व्यवस्थापन गर्ने भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको बजेटलाई शैक्षिक संस्थाका भवन पुनःनिर्माणका लागि अर्थले रकमान्तर गर्न लागेको हो...
















