काठमाडौँ । ‘खजुरे ब्रो’ नामक चलचित्रमा धरानका मेयर हर्क साम्पाङले अभिनय गरेका छन् । दिव्य दृश्य इन्टरटेन्टमेन्टकोे साथमा र निर्देशक सुरज सुनुवारको निर्देशनमा बनेको ‘खजुरे ब्रो’ चलचित्रमा साम्पाङले अतिथि भूमिकाको चरित्र निर्भाह गरेका हुन् ।
पारिवारिक व्यङ्ग्यात्मक ‘लाइट कमेडी’ जनरामा आधारित व्यावसायिक चलचित्र ‘खजुरे ब्रो’ धरानको संस्कृतिको प्रवर्द्धन गर्ने र ठुलो पर्दामा स्थानीय कला र रहनसहन झल्काउने निर्माण पक्षले बताएका छन् ।
सो चलचित्रमा रेयर राई, महेश त्रिपाठी, नीति शाह, नवीन मानन्धर, प्रकाश भुजेल, विनीता थापामगर, सुष्मा निरौला, मनिष राउत, पुष्कर कार्की, सुजाता राई र प्रेम सुब्बा लगायतको मुख्य भूमिका रहनेछ ।
चलचित्रका कार्यकारी निर्माता डायमन्ड उप्रेती हुन् भने शिशिर बिसंखेले छायाङ्कन गरेका छन् । यस चलचित्र अहिले धरान नजिकका स्थानमा छायाङ्कन भइरहेको छ । चलचित्र जेठ महिनामा प्रदर्शन हुने बताइएको छ ।