उत्तरी कोरियामाथि निगरानी गर्ने राष्ट्र संघीय निकाय रूसद्वारा खारेज
न्युयोर्क। रुसले उत्तर कोरियामाथिको प्रतिबन्धको निगरानी गर्ने राष्ट्रसंघीय निगरानी संस्था बन्द गरेको छ। उत्तर कोरियाविरुद्धको प्रतिबन्धको वर्षौंदेखि निगरानी गरिरहेको संयुक्त राष्ट्रसंघका विज्ञहरूको प्यानल रूसले बन्द गरेको हो।
रुसले युक्रेनमा प्रयोगका लागि ब्यालेस्टिक मिसाइलजस्ता उत्तर कोरियाली...
अब एक्स प्रयोगकर्ताहरूले निःशुल्क ‘ब्लु टिक’ पाउन सक्ने एलन मस्कको घोषणा
काठमाडौं । एलन मस्कले एक्स प्लेटफर्मको बारेमा महत्वपूर्ण घोषणा गरेका छन्। अब धेरै एक्स प्रयोगकर्ताहरूले नि:शुल्क ब्लू टिक प्राप्त गर्ने मौका पाउनेछन्।
एलन मस्कका अनुसार २५०० भेटिफाइड सब्सक्राइबर फलोअर भएका युजरहरूले निःशुल्क प्रिमियम सेवा प्रयोग...
अमेरिकामा एक व्यक्तिले छुरा प्रहार गरी चार जनाको हत्या गरे
काठमाडौं । अमेरिकाको इलिनोइस राज्यमा एक व्यक्तिले छुरा प्रहार गरी चार जनाको हत्या गरेका छन् ।
कम्तीमा पाँच जना घाइते भएका छन्, जसमध्ये एकको अवस्था गम्भीर रहेको बताइएको छ ।
रकफोर्ड शहरका प्रहरी प्रमुखले यस मामिलामा...
पित्त थैलीको अपरेशन गराउन गएका बिरामीको स्थायी परिवार नियोजन गरिदिएपछि…
काठमाडौं । अर्जेन्टिनाका एक व्यक्ति पित्त थैलीको शल्यक्रिया गर्न अस्पताल पुगेका थिए । तर, आफूलाई के हुनेवाला छ र त्यसले आफ्नो जीवन परिवर्तन गर्छ भन्ने उनलाई थाहा थिएन । शल्यक्रिया गरेर बाहिर निस्कने बित्तिकै...
मस्को हमला : रुसी अदालतमा चार जनाविरुद्ध आतंकवादी मुद्दा सुरु
काठमाडौं । रुसले मस्कोको कन्सर्ट हलमा कम्तिमा १३७ जनाको ज्यान जाने गरी भएको आक्रमणमा चार संदिग्ध आक्रमणकारीविरुद्ध मुद्दा चलाउन थालेको छ ।
सबै संदिग्धहरूलाई आँखामा पट्टी बाँधेर मस्कोको अदालतमा ल्याइएको थियो, जसमध्ये एक ह्वीलचेयरमा थिए।...
भारतसँगको रोकिएको व्यापार फेरि सुचारू गर्न पाकिस्तान इच्छुक
काठमाडौं । पाकिस्तानका विदेशमन्त्री मोहम्मद इशाक दारले पाकिस्तानले भारतसँगको व्यापार पुनः सुरु गर्ने विषयमा गम्भीरतापूर्वक विचार गरिरहेको बताएका छन् । अगस्ट २०१९ देखि दुई देशबीचको व्यापार सम्बन्ध निलम्बित छ।
पाकिस्तानका विदेशमन्त्री दारले लण्डनमा भएको पत्रकार...
रुसले युक्रेनको राजधानी किभमा फेरि आक्रमण गर्यो, पोल्याण्ड पनि अलर्टमा
काठमाडौं । रुसले युक्रेनको राजधानी किभमा फेरि एकपटक आक्रमण गरेको छ । रुसी सेनाले कीभमा शृङ्खलाबद्ध हवाई हमला गरेको छ । यसपछि युक्रेनले पूरै देशमा अलर्ट जारी गरेको छ ।
आक्रमणको बीचमा, कीभमा बसोबास गर्ने...
मेक्सिकोले आफ्नो देशमा भएको हिंसाको लागि अमेरिकी कम्पनीहरूबाट १० अर्ब डलर क्षतिपूर्ति माग्यो
काठमाडौं । जनवरी २०२४ मा अमेरिकी शहर बोस्टनको एक अदालतले अमेरिकाका केही पुराना कम्पनीहरूको भविष्यमा गहिरो प्रभाव पार्न सक्ने मुद्दाको सुनुवाइलाई अनुमोदन गर्यो।
यो मुद्दा सात हतियार उत्पादन कम्पनी र एक वितरक विरुद्ध छ। चाखलाग्दो...
केजरीवाललाई २८ मार्चसम्म हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौँ। भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई मार्च २८ सम्म हिरासतमा पठाइएको छ। उनीमाथि दिल्लीको मदिरा नीतिमा भएको कथित घोटालामा संलग्न रहेको आरोप छ।
शुक्रबार राति दिल्लीस्थित अदालतले मार्च २८ सम्म हिरासतमा राख्न अनुमति दिएको हो।...
मस्कोमा आतंकवादी हमला, १३३ को मृत्यु
मस्को। रूसको राजधानी मस्कोमा आतंकवादी हमला भएको छ। उक्त आतंकवादी हमलामाबाट १३३ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाईते भएका छन्।
स्थानीय प्रत्यक्षदर्शीले सो संख्या अझ बढी हुन सक्ने जनाएका छन्।
मस्को नजिक एक...

















