“पत्रकारिताको प्रवर्द्धनबिना लोकतन्त्र स्थायी हुँदैन”- मण्डल
जनकपुरधाम : मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले निष्पक्ष पत्रकारिता लोकतन्त्रको मेरुदण्ड हो भन्दै पत्रकारिता क्षेत्रको प्रवर्द्धनबाटै लोकतन्त्र स्थायी बताएका छन् ।
राष्ट्रिय समाचार समितिको ६३ औँ वार्षिकोत्सवका अवसरमा जनकपुरधाममा आज सम्पन्न ’सङ्घीयतामा...
आयल निगमको कार्यकारी निर्देशकमा भट्ट नियुक्त
काठमाडौँ: नेपाल आयल निगमको कार्यकारी निर्देशकमा चण्डिका भट्टलाई नियुक्त गरिएको छ । मन्त्रिपरिषद्को आजको बैठकले भट्टलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
सरकारका प्रवक्ता शर्माले...
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालनमा ल्याउनुपर्नेमा जोड
गण्डकी : पूर्वअर्थमन्त्रीद्वय वर्षमान पुन र सुरेन्द्र पाण्डेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्णरुपमा सञ्चालनमा ल्याउनुपर्ने बताएका छन् । आन्तरिक उडान मात्र भइरहेको उक्त विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि सरकारले विदेशी मुलुकसँग कूटनीतिक पहल गर्नुपर्नेमा...
रु २१ करोडको लगानीमा शीतभण्डार निर्माण
नवलपरासी: पश्चिम नवलपरासीमै पहिलोपटक आधुनिक प्रविधिसहितको शीतभण्डार निर्माण भएपछि किसान उत्साहित भएका छन् । जिल्ला सहकारी सङ्घको अगुवाइमा सङ्घीय सरकार, स्थानीय तह र जिल्लाका विभिन्न सहकारीको रु २१ करोडको लागतमा आधुनिक प्रविधिसहितको तीन हजार...
बर्दिबासामा सडक खाना महोत्सव
महोत्तरी: आफ्नो ठाउँको परिचय विस्तार र स्थानीय परिकारबारे चासो बढाउन महोत्तरीका होटल तथा पर्यटन व्यवसायीले सडक खाना महोत्सव–२०८० आयोजना गरेका छन् । होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीको आयोजनामा तीनदिने सडक खाना महोत्सव–सुरु भएको...
कलाकार भाइरल होइन, लोकप्रिय हुनुपर्छ : प्रधानमन्त्री
काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली लोकगीत-सङ्गीतमा देखिएको बाह्य अतिक्रमण र विकृतिप्रति सचेत हुनुपर्नेमा जोड दिनुभएको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालद्वारा आज आयोजित खुला लोकदोहोरी प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले...
बुलबुले तालको झार हटाइँदै
सुर्खेत : सुर्खेतको बुलबुले तालको पानीमाथि फैलिएको झारपात हटाउन थालिएको छ । सुर्खेत उपत्यका नगर विकास समितिले डुङ्गा चलाउनुपूर्व तालमा फैलिएको झारपात हटाउन थालेको हो ।
ताल सरसफाइका लागि समितिले रु दुई लाख बजेट छुट्याएको...
सडक दुर्घटना न्यूनीकरण गर्न सार्वजनिक यातायातका सवारी चालकका लागि छुट्टै लाइसेन्स
काठमाडौँ । सडक दुर्घटना न्यूनीकरण गर्न सार्वजनिक यातायातका सवारी चालकका लागि छुट्टै अनुमतिपत्र (लाइसेन्स) को व्यवस्था गर्न प्रस्ताव गरिएको छ । सडक दुर्घटना न्यूनीकरण कसरी गर्ने भन्ने विषयमा सुझाव दिन गठित कार्यदलले यस्तो प्रस्ताव...
प्रधानमन्त्रीको प्रतिबद्धतापछि सुकुम्वासीलाई जग्गा फिर्ता हुने आश
महोत्तरी । आफ्नो भोगचलनमा रहेको जग्गा अर्कैको नाउँमा दर्ता हुँदा बिरक्तिएका महोत्तरीको भङ्गहा–४ थारूटोल बनराका सुकुम्वासीलाई अब भने राहत पाइने आश जागेको छ । आफ्नै ठाउँबाट धपिनुपर्ने पीडा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुनाएपछि उनले...
‘प्रहरी समायोजनको काम प्रारम्भ भइसकेको छ’
काठमाडौँ : गृह मन्त्रालयले संविधानको प्रावधानअनुसार प्रहरी कर्मचारी समायोजनसम्बन्धी कार्य थालनी भइसकेको स्पष्ट पारेको छ ।
मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले आज एक विज्ञप्ति जारी गरेर पाँच सदस्यीय प्रहरी कर्मचारी समायोजन समितिले काम थालनी गरिसकेको...
















