केजरीवाललाई २८ मार्चसम्म हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौँ। भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई मार्च २८ सम्म हिरासतमा पठाइएको छ। उनीमाथि दिल्लीको मदिरा नीतिमा भएको कथित घोटालामा संलग्न रहेको आरोप छ।
शुक्रबार राति दिल्लीस्थित अदालतले मार्च २८ सम्म हिरासतमा राख्न अनुमति दिएको हो।...
बुढीगण्डकी जलविद्युत्ः आठ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य, यस्तो छ लगानीको ढाँचा
काठमाडौँ: लामो प्रतीक्षापछि अन्ततः बुढीगण्डकी जलविद्युत् आयोजनाको लगानी ढाँचा टुङ्गो लाग्ने भएको छ । आर्थिक वर्ष २०८८/८९ भित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना स्वदेशी लगानीमा नै निर्माण हुने गरी सरकारले लगानी ढाँचा समेत...
शिक्षा, स्वास्थ्य र रोजगारीमा सुधार आवश्यकः उपमहासचिव शर्मा
खोटाङ: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव तथा पूर्वअर्थमन्त्री जनार्दन शर्माले नेपालको शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा सुधार आवश्यक रहेको बताउनुभएको छ ।
पार्टी कार्यकर्ता प्रशिक्षण तथा ‘दिलकाजी–ठूलकुमार स्मृति प्रतिष्ठान’को भवन उद्घाटनका लागि खोटाङ...
फुटबलको विकासका लागि ‘एन्फा कम्युनिटी कोचिङ’
जानकी (बाँके: फुटबलको विकासमा सघाउने उद्देश्यले बाँके जिल्ला फुटबल सङ्घको आयोजनामा यहाँ सञ्चालित एन्फा कम्युनिटी कोचिङ सम्पन्न भएको छ ।
चार दिनसम्म सञ्चालन भएको प्रशिक्षणमा बाँके, बर्दिया, सुर्खेत, दाङ, कैलाल, डोटी, कालीकोटका ४३ जनालाई...
एक करोडको लागतमा म्याग्दीमा खानेपानी आयोजना निर्माण
म्याग्दी: म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ खिवाङमा ‘एक घर, एक धारा’खानेपानी आयोजना निर्माण भएको छ । श्रमदानसहित रु एक करोड चार लाखको लागतमा आयोजना सम्पन्न भएको हो ।
आयोजना निर्माण भएपछि एक सय ३६ घरका...
पाकिस्तानमा प्रधानमन्त्री-राष्ट्रपति, मन्त्री-सांसदले तलब र भत्ता नपाउने !
काठमाडौं । आर्थिक संकट झेलिरहेको देश पाकिस्तानका नयाँ प्रधानमन्त्री र उनको मन्त्रिपरिषद्ले ठूलो निर्णय लिएको छ । शहबाज शरीफ र उनका क्याबिनेट मन्त्रीहरूले देश संकटमा परेकाले तलब र अन्य भत्ता नलिने निर्णय गरेका छन्।
सरकारको...
प्रथम आदिवासी जनजाति सांस्कृतिक महोत्सव सुरु
भरतपुर (चितवन): चितवनमा ‘प्रथम आदिवासी जनजाति सांस्कृतिक महोत्सव’ सुरु भएको छ । नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् चितवनको आयोजनामा आजदेखि सुरु महोत्सवको लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले उद्घाटन गर्नुभयो ।
सो अवसरमा...
बन्धक बनाइएका चार बङ्गलादेशीको उद्धार, चार आरोपी पक्राउ
काठमाडौँ : बङ्गलादेशी नागरिकलाई वैदेशिक रोजगारको लागि क्यानडा, इटालीलगायतका देशमा पठाइदिने विश्वासमा पारी नेपालमा ल्याएर बन्धक बनाइएका चार जनाको उद्धार गरिएको छ । विशेष सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गए...
अर्थमन्त्रीसँग कोरियाली राजदूतको शिष्टाचार भेट
काठमाडौ, नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क थेयङले अर्थमन्त्री वर्षमान पुनसँग शिष्टाचार भेट गर्नुभएको छ । भेटका क्रममा द्विपक्षीय हित र आपसी सहकार्यका सम्बन्धमा छलफल भएको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ ।
अर्थ मन्त्रालयमा...
भेरी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमबाट सेवा लिने बढे
जानकी (बाँके) : नेपालगञ्जस्थित भेरी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमबाट सेवा लिने सेवाग्राहीको सङ्ख्या बढेको छ । चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्ममा २९ हजार छ सय ८० जनाले बीमा कार्यक्रमअन्तर्गत सेवा लिएका छन् ।
गत आवको...
















