भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा दायर
काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सघन सहरी तथा भवन निर्माण कार्यालय राजविराजका तत्कालीन आयोजना प्रमुखसहितका कर्मचारीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
राजविराज मधुवापुर वडा कार्यालयबाट अर्जी टोलसम्मको तीन सय मिटर सडक...
टी-२० शृङ्खलाः नेपाल आज उपाधिका लागि नेदरल्याण्ड्ससँग भिड्दै
काठमाडौं। त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी-२० शृङ्खलाको उपाधिका लागि आज नेपाल र आज नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा गर्दैछ। खेल बिहान ११:३० बजे सुरु हुनेछ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी त्रिकोणात्मक शृङ्खलामा नेपाल दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको हो भने...
निसेलढोरवासी भन्छन्– ‘सडक आयो, मोबाइलटावर भयो, विद्युत् सुविधा भएन ’
ढोरपाटन (बागलुङ): बागलुङको निसीखोला गाउँपालिका–५ निसीलढोरका स्थानीय बिरामी परे उपचारका लागि एक दिन पूरै धाएर बुर्तिबाङ बजार आउनुपथ्र्यो । आफन्तलाई फोन गर्न गाउँमाथिको अग्लो डाँडामा पुग्नुपथ्र्यो । तर अहिले त्यो दुवै समस्या समाधान भएको...
बसको ठक्करबाट बालकको मृत्यु
भरतपुर (चितवन): चितवनको भरतपुरमा बसको ठक्करबाट बालकको मृत्यु भएको छ । नारायणगढबाट माडीतर्फ जाँदै गरेको ना४ख ५८१५ नम्बरको बसले नौ वर्षीय आरुष पौडेललाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।
गएराति भरतपुर...
‘तीन पुस्तापछि जग्गाको मालिक बन्न पाउने भयौँ, खुसी छौँ’
सिरहा : सिरहाको लहान नगरपालिका–१६ स्थित तरेगना गोविन्दपुरका लक्ष्मी चौधरीको अनुहार सोमबार निकै प्रसन्न देखिन्थ्यो । लहान नगरपालिकाको पहलमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जोतभोगका आधारमा जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा)का लागि वितरण...
धरान एक्स्पोमा नौ करोडको कारोबार, व्यापारी उत्साहित
धरान: स्थानीय उत्पादन र व्यापारलाई प्रवद्र्धन गर्ने उद्देश्यले सुनसरी उद्योग वाणिज्य सङ्घले आयोजना गरेको धरान एक्स्पोमा रु नौ करोडको कारोबार भएको छ ।
यही फागनु ११ गतेदेखि सुरु भएको एक्स्पोमा आजसम्ममा रु नौ करोडको कारोबार...
एकीकृत समाजवादीले नयाँ गठबन्धनलाई गुण र दोषका आधारमा सहयोग गर्ने
काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को सचिवालय बैठकले नयाँ गठबन्धनको गुण र दोषका आधारमा सरकारलाई सहयोग गर्ने निर्णय गरेको छ ।
पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज केन्द्रीय सचिवालय बैठकले सरकारको उद्देश्य, प्रक्रिया र...
मुस्ताङमा भारतीय पर्यटकको मृत्यु
म्याग्दी: मुस्ताङमा एक भारतीय पर्यटकको लेक लागेर (अक्सिजन अभाव) मृत्यु भएको छ । भारतको गुजरातका ५७ वर्षीय भूपेन्द्रभाइ पटेलको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा रानीपौवामा आज लेक लागेर ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय...
टि–२० क्रिकेट प्रतियोगिताले अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा सहयोग पुग्छ: मुख्यमन्त्री कार्की
मोरङ: कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विराटनगरमा हुने राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताबाट अन्तर्राष्ट्रियस्तरको खेलाडी उत्पादन गर्न सहयोग पुग्ने बताउनुभएको छ ।
प्रदेशमा यही फागुन २२ गते (भोलि)देखि हुने टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा वितरण गरिने...
टाटासुमोले ठक्कर दिँदा दुईको मृत्यु : एक जना घाइते
जलेश्वर(महोत्तरी): महोत्तरीको मटिहानी जनकपुर सडकखण्डमा भारतीय टाटासुमोले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मृत्यु हुनेमा महोत्तरी पिपरा गाउँपालिका–५ का ६० वर्षीय अकवर राइन र धनुषा क्षिरेश्वरनाथ नगरपालिका–१...

















