अम्रिसोको मूल्य घटेपछि इलामका किसान समस्यामा
फिक्कल (इलाम): अम्रिसोको मूल्य घटेपछि इलामका किसान चिन्तित बनेका छन् । पछिल्ला वर्षमा उनीहरुले धान तथा मकै खेती गर्न छाडेर व्यावसायिक रुपमा अम्रिसो खेती गरेका थिए । अम्रिसोको मूल्यमा भारी गिरावट आएपछि उनीहरु समस्यामा...
रुकुम पश्चिममा कोरोनाविरुद्धको ‘बुष्टर डोज’खोप अभियान
त्रिवेणी (रुकुमपश्चिम): रुकुम पश्चिममा आजदेखि यही फागुन २४ गतेसम्म कोरोनाविरुद्धको ‘बुष्टर डोज’ खोप अभियान सञ्चालन हुने भएको छ । जिल्लाका छ वटा स्थानीय तहमध्ये चार वटामा बुष्टर डोज खोप अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य...
कम्युनिष्ट एकताको पहल थालेका छौँ : प्रधानमन्त्री
काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बृहत् कम्युनिष्ट एकताको पहल थालिएको बताउनुभएको छ । सहिद सप्ताहको अन्तिम दिन आज प्रधानमन्त्री निवासमा सुखानी सहिदका परिवारसँगको भेटमा उहाँले भन्नुभयो, “सहिदप्रति उच्च सम्मान छ, आजैको मितिदेखि कम्युनिष्ट...
चन्द्रागिरिमा जडीबुटीको स्रोत सर्वेक्षण : दश प्रकारका जडीबुटीलाई औषधिका रुपमा प्रवर्द्धन गर्न सकिने
काठमाडौँ : चन्द्रागिरि नगरपालिकाले प्राथमिकतामा परेका विभिन्न दश आयुर्वेदिक जडीबुटीको उद्यान एवं प्रशोशन केन्द्र निर्माण गर्ने भएको छ । हाल नगरपालिकाले चन्द्रागिरि–८ मातातीर्थमा सञ्चालित मातातीर्थ आयुर्वेद औषाधालयलाई १५ श्ययामा स्तरोन्नति गरिसकेको छ ।
...
अफगानिस्तानमा चिसोका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो
काबुल : अफगानिस्तानमा चिसो मौसम र हिमपातका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुगेको छ।
"वर्षा, हिमपात र चिसो मौसमका कारण ३९ जनाको ज्यान गएको छ भने ३० जना घाइते भएका छन्। साथै चिसो मौसमजन्य प्रकोपका...
भ्रष्टाचारविरुद्धको अभियानमा विश्राम लाग्दैन: गृहमन्त्री श्रेष्ठ
भैरहवा (रुपन्देही): उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन स्थापनाका लागि सरकारले भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन प्रवर्द्धनका लागि सुरु गरेको अभियानमा विश्राम नलाग्ने बताउनुभएको छ ।
आज शुद्धोधन गाउँपालिका–५ मानपकडीमा इलाका प्रशासन कार्यालय उद्घाटन गर्नुहुँदै...
‘राजद्रोही राजनेता’ नामक वृत्तचित्र प्रस्तुत
काठमाडौँ: सुशील कोइराला मेमोरियल फाउण्डेसनले विपी कोइरालाको जीवनीमा आधारित ‘राजद्रोही राजनेता’ नामक वृत्तचित्र काठमडौँमा प्रस्तुत गरेको छ ।
पञ्चायती व्यवस्थाको विरोध गरेवापत तत्कालीन शासकको रवैयका कारण भारत निर्वासनमा रहन बाध्य हुनुभएका नेपाली कांग्रेसका...
‘नेपालको वर्तमान ठूलो शत्रु गरिबी, बेरोजगारी, अशिक्षा र रोग’
खोटाङ: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालको वर्तमान शत्रु गरिबी, बेरोजगारी, अशिक्षा र रोग भएको बताउनुभएको छ ।
प्रेस सेन्टर नेपाल खोटाङले आज दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै मन्त्री किरातीले...
त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा
काठमाडौँ: नेपाल क्रिकेट सङ्घ (क्यान)ले हङ्कङमा आयोजना हुने त्रिकोणात्मक टि–ट्वान्टी शृङ्खलाका लागि आज नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ ।
क्यानले आज रोहितकुमार पौडेलको कप्तानीमा आकाश चन्द, विनोद भण्डारी, लोकस बम र रसिद खानलाई...
‘अर्थतन्त्र सुधार्न नीति र प्रक्रिया सुधार गर्न जरुरी छ’
जनकपुरधाम, २० फागुन : नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले देशको अर्थतन्त्रलाई सुधार्न नीति र प्रक्रियामा नै सुधार गर्न जरुरी रहेको बताउनुभएको छ । आज जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले नीति र प्रक्रिया...
















