मेलम्ची आयोजनामा भ्रष्टाचार : पूर्वसचिवसहित १५ जनाविरुद्ध मुद्दा दायर
काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको अभियोगमा पूर्वसचिवहरूसहित १५ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
मेलम्ची खानेपानी आयोजनाको निर्माण कम्पनी सिएमसीलाई काम नै नगरी भुक्तानी गरेको पाइएकाले...
“पत्रकारिताको प्रवर्द्धनबिना लोकतन्त्र स्थायी हुँदैन”- मण्डल
जनकपुरधाम : मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले निष्पक्ष पत्रकारिता लोकतन्त्रको मेरुदण्ड हो भन्दै पत्रकारिता क्षेत्रको प्रवर्द्धनबाटै लोकतन्त्र स्थायी बताएका छन् ।
राष्ट्रिय समाचार समितिको ६३ औँ वार्षिकोत्सवका अवसरमा जनकपुरधाममा आज सम्पन्न ’सङ्घीयतामा...
विवाह गर्न वडाको सिफारिस अनिवार्य
मान्म (कालीकोट) : कालीकोट जिल्लाको रास्कोट नगरपालिका वडा नम्बर–४ ले विवाह गर्न वडाका सबैले अनिवार्यरूपमा सिफारिस लिनुपर्ने नियम बनाएको छ ।
बालविवाह रोक्ने उद्देश्यले वडा कार्यालयले वडाको सिफारिस अनिवार्य गरेको हो ।
विवाहका...
आयल निगमको कार्यकारी निर्देशकमा भट्ट नियुक्त
काठमाडौँ: नेपाल आयल निगमको कार्यकारी निर्देशकमा चण्डिका भट्टलाई नियुक्त गरिएको छ । मन्त्रिपरिषद्को आजको बैठकले भट्टलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
सरकारका प्रवक्ता शर्माले...
पार्टीको अबको मुद्दा राजनीतिक स्थायित्व – वरिष्ठ उपाध्यक्ष पोखरेल
काठमाडौँ :नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको अबको मुद्दा राजनीतिक स्थायित्व रहेको बताउनुभएको
छ । ललितपुर च्यासलस्थित नेकपा (एमाले) पार्टी कार्यालयमा शनिवार एमाले पेशागत विशेष जिल्ला कमटीको नवौँ अधिवेशनको उद्घाटनमा उहाँले मुलुकमा राजनीतिक परिवर्तन...
रु २१ करोडको लगानीमा शीतभण्डार निर्माण
नवलपरासी: पश्चिम नवलपरासीमै पहिलोपटक आधुनिक प्रविधिसहितको शीतभण्डार निर्माण भएपछि किसान उत्साहित भएका छन् । जिल्ला सहकारी सङ्घको अगुवाइमा सङ्घीय सरकार, स्थानीय तह र जिल्लाका विभिन्न सहकारीको रु २१ करोडको लागतमा आधुनिक प्रविधिसहितको तीन हजार...
बर्दिबासामा सडक खाना महोत्सव
महोत्तरी: आफ्नो ठाउँको परिचय विस्तार र स्थानीय परिकारबारे चासो बढाउन महोत्तरीका होटल तथा पर्यटन व्यवसायीले सडक खाना महोत्सव–२०८० आयोजना गरेका छन् । होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीको आयोजनामा तीनदिने सडक खाना महोत्सव–सुरु भएको...
कलाकार भाइरल होइन, लोकप्रिय हुनुपर्छ : प्रधानमन्त्री
काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली लोकगीत-सङ्गीतमा देखिएको बाह्य अतिक्रमण र विकृतिप्रति सचेत हुनुपर्नेमा जोड दिनुभएको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालद्वारा आज आयोजित खुला लोकदोहोरी प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले...
नवबुद्ध र बिर्तामोड युनाइटेड महिला गोल्डकपको सेमिफाइनलमा
मङ्गलबारे(इलाम): नवबुद्ध युथ क्लब सप्तरी र बिर्तामोड युनाइटेड झापाको टोली इलाममा जारी प्रथम ओएसिस महिला गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
शुक्रबार सम्पन्न खेलमा नवबुद्धले युनाइटेड देउमाईलाई २–० गोलले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको...
युक्रेनसँग वार्ता पुनः सुरु गर्ने नगर्ने “बल रुसको कोर्टमा छैन” रुसी विदेशमन्त्री
युक्रेनसँग पुनःवार्ता शुरु गर्ने नगर्ने बल रुसको कोर्टमा नरहेको रुसी विदेशमन्त्री सर्गेई लाभरोभले शुक्रबार बताउनुभएको छ ।
“युरोमैदानः युक्रेनको हराएको दशक,” सम्मेलनमा बोल्दै मन्त्री लाभरोभले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुनै...
















