दरबार हत्याकाण्डको छानविन हुन्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०५८ सालमा भएको दरबार हत्याकाण्डको छानबिन हुने बताएका छन् ।
बाराको सिमरा विमानस्थलमा आज सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्रीले तत्कालीन राजा वीरेन्द्रको वंशविनाश हुनेगरी भएको दरबार हत्याकाण्डको अनुसन्धान हुने बताएको प्रधानमन्त्रीको...
राष्ट्रपति पौडेलसमक्ष राष्ट्रियसभाको निर्वाचनको प्रतिवेदन पेस
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले राष्ट्रियसभाको यही माघ ११ मा सम्पन्न निर्वाचन परिणामसहितको प्रतिवेदन पेस गरेको छ ।
आगामी फागुन २१ गतेदेखि रिक्त हुने १९ सदस्यका लागि सात प्रदेशमा निर्वाचन भएको थियो ।...
मिनी ट्रकसँग जुध्दा मोटरसाइकल चालकको मृत्यु
तनहुँ । तनहुँमा मिनी ट्रकसँग ठक्कर खाँदा मोटरसाइकल चालक आबुखैरेनी गाउँपालिका वडा नं.३ बस्ने २६ वर्षीय सफल राना मगरको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणका अनुसार आइतबार राति...
घुस लिने र दिने दुवै विरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिने र दिने दुवै विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।
अख्तियारले घुस लिने राहदानी विभागमा करारमा कार्यरत् इन्जिनियर प्रदीप भट्टराई र घुस दिने सेवाग्राही सुमी धामी भन्ने सुमित्रा सापकोटाविरुद्ध...
काठमाडौं महानगर शिक्षा शाखा प्रमुखसँग बालेनको स्पष्टीकरण माग
काठमाडौं। काठमाडौं महानगपालिकाले शिक्षा विभाग प्रमुख सीताराम कोइरालासँग स्पष्टीकरण माग गरेको छ।
पुरानो बानेश्वरस्थित रत्नराज्य लक्ष्मी माविमा कक्षा ११ मा विज्ञान विषयको पढाइ सञ्चालन गर्न महानगरको शिक्षा समितिले निर्णय गरेको भन्दै पत्राचार गरेको पाइएपछि ७...
‘नो ड्याम’ को सट्टा ‘हाई ड्याम’, नागमती बाँधको औचित्यमा वन मन्त्रालयकै प्रश्न
काठमाडौँ । नागमती बाँध निर्माणका लागि प्राकृतिक रूपमा बनाउन सकिने ‘नो ड्याम’ विकल्पलाई अस्वीकार गर्दै ‘हाई ड्याम’ बाँधलाई नै प्रमुख विकल्पका रूपमा प्रस्तुत गरिएको पाइएको छ । कम जोखिम मोलेर बनाउन सकिने बाँध बढी जोखिम...
सम्भावना भएको देशमा निराशा बाँड्ने काम नगरौँ : मुख्यमन्त्री जम्कट्टेल
भरतपुर। बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सम्भावना नै सम्भावना भएको देशमा निराशा बाँड्ने काम गर्न नहुने बताएका छन् । नेपाल युवा परिषद्को आयोजनामा माडीमा आयोजित बागमती प्रदेशस्तरीय युवा सम्मेलनको उद्घाटनसत्रमा बोल्दै जम्कट्टेलले निराशाको...
तनहुँका घले व्यक्तिगत लगानीमा जीर्ण पाटीको संरक्षण गर्दै
तनहुँ । तनहुँको सदरमुकाम दमौलीस्थित सेती र मादीको सङ्गमस्थल नजिकै दमौलीघाट पर्छ । घाट जाने बाटो छेउमा कलात्मक बुटाले कुदिएको जीर्ण अवस्थामा एउटा पाटी छ । जुन व्यास नगरपालिका–३ स्थित देउराली नगरमा पर्छ ।
उक्त...
आजदेखि धरहरामा निःशुल्क पार्किङ
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले धरहरामा निःशुल्क पार्किङको व्यवस्था मिलाएको छ । धरहरासँगै निर्माण गरिएको भवनको पहिलो तलामा आजदेखि निःशुल्क पार्किङ सेवा उपलब्ध हुने भएको हो ।
काठमाडौँ महानगरले न्युरोडमा कालोपत्रे सडकमाथि पार्किङ निषेध गरेको थियो...
यी चार प्रदेशमा हिमपातको सम्भावना, तराईमा हुस्सु
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया मौसम सफा रहेको छ। देशका तराईका अधिकांश स्थानहरूमा हुस्सु लागेको छ।
आज दिउँसो देशभर...
















