प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिनुहुँदै
काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको मत लिनुहुनेभएको छ । नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम उहाँले प्रतिनिधिसभाबाट विश्वासको मत लिन लाग्नुभएको हो ।
प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा...
सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान
काठमाडौँ: उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला अन्त्य गरेर सहमतिकासाथ अघि बढ्न आह्वान गर्नुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा आफ्ना भनाइ राख्नेक्रममा उहाँले सदनलाई मर्यादित रुपमा अगाडि बढाउन सबै दलहरु जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।...
जलवायु जोखिमः हिमाली मुलुकका मुद्दा स्थापित गर्न अन्तर्राष्ट्रिय संवाद, २३ देशका विज्ञ सहभागी हुँदै
काठमाडौँ: पर्वतीय मुलुक नेपालले लामो समयदेखि अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु परिवर्तनका कारण हिमालमा परेका असरबारे आवाज उठाउँदै आएको छ । फलतः गत वर्षको जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८)ले पहिलोपटक जलवायुले हिमालमा पारेका असरलाई आफ्नो निर्णयमा...
ह्यारी र मेगनको विवाह वर्षगाँठ
काठमाडौँ : आज मे १९, हो, आज कै दिन विश्वको ध्यान खिच्ने गरी सम्पन्न भएको बेलायतका तत्कालीन राजकुमार ह्यारी र मेगनबीच सम्पन्न विवाहको वर्षगाँठको दिन हो।
बेलायतको विन्डसोर क्यासलको सेन्ट जोर्जेज...
देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
काठमाडौँ: हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोशी, मधेस र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको बताएको...
बेनीका विद्यार्थीलाई पढाइसँगै सीप
म्याग्दी: म्याग्दीको बेनी नगरपालिकाले विद्यार्थीहरुलाई पढाइसँगै सीप सिकाउन
‘हामी सक्छौं, हामी गर्छौं’ कार्यक्रम सञ्चालन गरेको छ । माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीहरुलाई विद्यालयमै सीप सिकाउन थालिएको हो ।
नगर प्रमुख सुरत केसीले विद्यार्थी...
बालेन कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा सहभागी
काठमाडौं। काठमाडौं महानगरका मेयर बालेन शाह फ्रान्समा आयोजित कान्स फिल्म फेस्टिभलको ७७औँ श्रृङ्खलाको रेड कार्पेटमा सहभागी भएका छन्।
बालेन कान्सका मेयर डेभिड लिसनार्डको निमन्त्रणामा कान्स फिल्म फेस्टिभलमा सहभागी भएका हुन्।
बालेन फेस्टिभलका विभिन्न कार्यक्रममा सहभागी हुने...
विद्यालयमा विद्यार्थी शून्य, शिक्षक चार
ढोरपाटन (बागलुङ): सुनसान गाउँ, वरपर केही घर, चारैतिर बढ्दै गरेको झाडी । त्यही झाडी छेउमा दुई जीर्ण भवन छन् । खिया लागेका जस्ताले छाएको छानो । मक्किएका झ्याल ढोका । लेखिएको भित्ते लेखन र...
बागमती प्रदेशः दश महिनामा ट्राफिक कारबाहीबाट १४ करोड ३३ लाख राजस्व सङ्कलन, दुई...
बागमती: सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको १० महिनामा एक लाख ८४ हजार तीन सय १६ सवारी चालकमाथि कारबाही गरेको छ ।
सो कारबाहीबाट रु...
दस महिनामा एक लाख ७७ हजार पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण
गण्डकी : पदयात्राका लागि प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा विगत १० महिनामा एक लाख ७७ हजार एक सय ८२ विदेशी पर्यटक भित्रिएका छन् । गत चैतमा सबैभन्दा धेरै ३५ हजार दुई सय ६५ पर्यटकले सो क्षेत्रको...

















