एक घण्टाभित्र श्रम स्वीकृति प्रदान गर्छौँ : मन्त्री अर्याल
काठमाडौँ: श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई एक घण्टाभित्र श्रम स्वीकृति प्रदान गर्न सफल भएको बताउनुभएको छ ।
आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मन्त्री अर्यालले कार्यालय समयभित्र आवश्यक काजगपत्र...
विराट गोल्डकपको उपाधि मच्छिन्द्रलाई
मोरङ: मच्छिन्द्र फुटबल क्लबले आठौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। शनिबार विराटनगरको सहिद रङ्गशालामा भएको खेलमा मच्छिन्द्रले साङ्ग्रिला फुटबल क्लब मोरङलाई २-० ले पाखा लगाउँदै उपाधिमा कब्जा जमाएको हो ।
प्रतियोगिताअन्तर्गत...
जुम्लाको चन्दननाथमा १५ शय्याको आयुर्वेद अस्पताल बनाइने
जुम्ला: जुम्लाको चन्दननाथ नगरपालिका–१० स्थित बोहोरा गाउँमा रु १२ करोडको लागतमा १५ शय्याको आयुर्वेद अस्पताल निर्माण हुने भएको छ ।
कर्णाली प्रदेशअन्तर्गतको आयुर्वेद स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्न स्रोत सुनिश्चित गरी ठेक्का आव्हान भएपछि अस्पताल...
चितवनमा खोरेतविरुद्धको खोप अभियान
नारायणगढ (चितवन): जिल्लाको कालिका नगरपालिकामा खोरेतविरुद्धको खोप अभियान प्रारम्भ भएको छ । पालिकको पशु सेवा शाखा र दुग्ध उत्पादन सहकारीहरुको समन्वयमा अभियान थालिएको हो ।
अभियानअन्तर्गत पालिकाका सबै वडाका ६ हजारभन्दा बढी पशुलाई...
सडक र पदमार्गले छोटियो धार्मिक पर्यटकीयस्थल मालिकाधुरीको यात्रा
म्याग्दी: सडक र पदमार्ग निर्माण भएपछि म्याग्दीको मालिका र रघुगङ्गा गाउँपालिकाको सिमानामा पर्ने धार्मिक पर्यटकीयस्थल मालिकाधुरीको यात्राअवधि छोटिएको छ ।
मालिका गाउँपालिका–७ बिमदेखि बिमवाङ– धौलागङ्गा हँुदै मालिकाधुरी नजिकैको नागीथलासम्म सडक पुगेको छ । मालिका गाउँपालिकाका...
बिसे नगर्ची राष्ट्रिय सम्मान प्रदान
झापा: ‘बिसे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान २०८०’ बाट पाँच जनालाई सम्मान गरिएको छ । राष्ट्र निर्माता पृथ्वीनारायण शाहका आर्थिक सल्लाहकार बिसे नगर्चीको योगदानलाई स्मरण गर्दै रु.५१ हजार नगदसहित उनीहरुलाई सम्मान गरिएको हो ।
बिर्तामोडमा...
न्यायाधीश नै थुनामा: वैवाहिक बलात्कारको आरोप
काठमाडौं। जनातालाई न्याय दिने न्यायाधीश नै थुनामा भन्ने सुन्दा अचम्म लाग्न सक्छ। आफ्नै पत्नीलाई वैवाहिक बालात्करको आरोपमा न्यायधीश भुवन गिरी थुनामा परेका छन्।
सर्वोच्चले उनलाई थुनामा पठाउन आदेश दिएको हो ।
बुधबार न्यायाधीशहरु...
अन्नपूर्ण क्षेत्रमा भित्रिए तीस हजार पर्यटक
गण्डकी: एक महिनामा ३० हजार एक सय ९९ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार दक्षिण एसियाली मुलुकका १४ हजार छ सय ६८ र अन्य देशका १५...
स्वीस उद्यमीलाई नेपालमा लगानी गर्न आह्वान
काठमाडौँ: सरकारले स्वीटजरल्याण्डका उद्यमी–व्यवसायीलाई नेपालमा लगानीका निम्ति प्रोत्साहित गर्न स्वीस सरकारसँग अनुरोध गरेको छ । आगामी महिना यहाँ आयोजना हुने लगानी सम्मेलनमा उनीहरूको सक्रिय सहभागिताका निम्ति प्रोत्साहन गर्न स्वीस सरकारलाई सरकारले अनुरोध गरेको हो...
बङ्गलादेशसँग दश वर्षदेखि लगातार व्यापार घाटा
झापा: नेपालले एक दशकयता बङ्गलादेशसँग लगातार व्यापार घाटा बेहोर्दै आइरहेको छ। आर्थिक वर्ष २०८०/८१ को चालु आठ महिनामै रु दुई अर्ब ४३ करोड आठ लाख ९० हजार व्यापार घाटा रहेको मेची भन्सार...

















